Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुललाई ६ अंकले पछि पार्‍यो

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले प्रभावशाली जित निकाल्दै अग्रता बढाएको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ ले पराजित गरेको हो ।

 

सिटीका लागि रहीम स्ट्रर्लिङले दुई (२५ औँ मिनेटमा पेनाल्टी, ८७ औँ मिनेट) तथा केवीन डी ब्रूयना, रियाद महरेज, इल्केयी गुण्डोगान र लापोर्तेले एक–एक गोल गरे ।

लेस्टर सिटीका लागि म्याडिसन, लूकम्यान र इहिनाचोले गोल गरेका हुन् ।

 

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १९ खेलबाट ४७ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंकको अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077