Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कैदी फरार प्रकरण: यमराजलाई भगाउन युवतीको संलग्नता, दुई युवती पक्राउ

काठमाडौँ । दाङमा प्रहरीको मोटरसाइकल लिएर फरार घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियारलाई भगाउन युवतीको प्रयोग गरिएको खुलासा भएको छ।

प्रहरी स्रोतका अनुसार सिसी टिभी फुटेजले युवतीको संलग्नता पुष्टि भएको हो। योजना अनुसार युवतीको प्रयोग गरि कैदीका नाइकेलाई भगाइएको स्पष्ट जस्तै भएको छ।

घटनापछि परियारलाई भगाउन भूमिका खेलेको भन्दै दुई युवतीलाई पक्राउ समेत गरेर अनुसन्धान थालिएको प्रहरी स्रोतको दाबी छ।

बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलबाट कारागारका नाइके परियारलाई उपचार गर्न लगेका थिए।

घटनापछि जिल्ला कारागार घोराहीका जेलर युवराज परियार जिल्ला प्रशासन कार्यालयमा तानिएका छन्। कारागारका नाइके यमराज परियार भागेपछि जेलर परियारलाई जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा तानिएको हो।

घटनामा अहिलेसम्म प्रहरी जवान र दुई युवतीसहित अन्य दुई जना गरी ५ जना पक्राउ परिसकेका छन्। घटनाबारे विस्तृत अध्ययन भइरहेको दाङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077