Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अश्लीलता फैल्याएको आरोपमा युटुबर पक्राउ

    अश्लीलता फैल्याएको आरोपमा युटुबर पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीको साइबर ब्युरोले अश्लिलता फैल्याएको आरोपमा एक युटुबर (युटुब संचालक)लाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाग्लुङको निसीखोला गाउँपालिका-१ पाखापानी घर भई काठमाडौंको अनामनगरमा बस्ने साथीभाइ अनलाइन टिभिका सञ्चालक राम बहादुर मल्ल रहेका छन्।



    ब्युरोका अनुसार उनले युट्युबमा अश्लिल शिर्षक भिडियोमार्फत समाजमा अश्लिलता फैल्याएका थिए ।



    आफूलाई रामु विरही मल्ल बताउने मल्ललाई जिल्ला अदालत काठमाडौंको अनुमतिको आधारमा पक्राउ गरिएको ब्युरोको भनाइ छ ।

    उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार