Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बच्चा चोर्ने गिरोह नेपाल छिरेको भ्रामक खबर ‘भाइरल’, के हो वास्तविकता ?

    बच्चा चोर्ने गिरोह नेपाल छिरेको भ्रामक खबर ‘भाइरल’, के हो वास्तविकता ?

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । केहीदिन यता फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालका माध्यमहरुमा ‘बच्चा चोरवाला’ खबर भाइरल छ ।

    भारतबाट बच्चा चोर्ने गिरोह नेपाल छिरेरको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फोटोसहितका पोस्टहरु सार्वजनिक गरिरहेका छन् ।



    तर त्यस भ्रामक सूचनाबारे नेपाल प्रहरीले ध्यानाकर्षण भएको छ । प्रहरीले सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझै देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरूमा त्यस्ताखाले उजुरी र सूचना नआएको जनाएको छ ।



    साइबर ब्युरोले सोमबार जारी गरेको एक अनुरोध पत्रमा त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्न सम्पूर्ण नागरिकहरूमा अनुरोध गरिएको छ । यदि त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गर्दै प्रहरीले भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

    हालैका दिनमा सामाजिक सञ्जालमा ‘भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको’ भन्ने व्यहोरा लेखेर भ्रामक खबर फैलाइएको पाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले भनेको छ, ‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरा जानकारी गराउँदछौ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार