Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ८० लाख डलरमा साइबर ब्युरोको भवन निर्माण गर्दै कोइका

    ८० लाख डलरमा साइबर ब्युरोको भवन निर्माण गर्दै कोइका

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले साइबर ब्युरो भवन निर्माण गर्ने भएको छ ।

    बुधबार सामाखुसीमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क तेई यङ र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कोरियाली सरकारको सहयोगमा नेपाललाई बनाइदिन लागेको साइबर ब्युरो भवनको शिलान्यास गरेका हुन् ।



    यस परियोजनाका लागि ८० लाख डलरमा बजेट विनियोजन गरिएको छ भने साइबर ब्युरोको भवन फेब्रुअरी २०२५ सम्पन्न हुने बताइएको छ।



    कोइकाले अत्याधुनिक भवन निर्माण गर्नका साथै साइबर अपराध अनुसन्धान र डिजिटल फोरेन्सिक प्रयोगशाला सम्बन्धित उपकरण र नेपाल प्रहरीका सम्बन्धित मानव स्रोतको क्षमता निर्माणका लागि समेत सहयोग गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार