Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीकै बाइकमा कैदी फरार प्रकरणः कारागारका जेलरसहित ७ जना पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कैदी फरार प्रकरणमा घोराही कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेका अनुसार सोमबार जिल्ला अदालत दाङले जेलर परियारसहित सात जनालाई पक्राउ अनुमति जारी दिएपछि उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, दुई महिला र एक होटल सञ्चालक रहेका छन्।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ अनुमति जारी गरेलगत्तै उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी काफ्लेले बताए। कैदी परियार उपचारका बहानामा कारागारबाट निस्केर प्रहरीकै मोटरसाइकलमा भागेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077