Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिरिन्ज अभावका कारण फाइजर खोप कार्यक्रम स्थगित

काठमाडौँ । सिरिन्ज अभावका कारण फाइजर खोप कार्यक्रम स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ देखि १७ वर्षका बालबालिकाका लागि दिने भनिएको फाइजर खोपको लागि सिरिन्ज अभाव भएकाले खोप कार्यक्रम स्थगित गरिएको हो।

यस अघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे, चिवतन, सिन्धुली, डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिए मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार सिरिन्ज प्राप्त हुने वित्तिकै खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने छ । ५७ जिल्लामा भने पौष ७ गतेदेखि बालबालिकाका लागि कोभिड १९ विरुद्धको मोडर्ना खोप अभियान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077