Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिङ खेल्ने डोरी घाँटीमा बेरिएर एक बालकको मृत्यु

कटहरिया । कटहरिया नगरपालिका–५ निवासी भुटलाल यादवका १२ वर्षीय छोरा मुकेश यादवको पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर  मंगलबार अपरान्ह मृत्यु भएको छ ।

 

जनता मावि कटहरियामा कक्षा ४ मा अध्ययन गरिरहेका यादव पिङ खेल्दा पिङको डोरी घाँटीमा अल्झेर उनी अचेत भएका  थिए।

 

तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ केन्द्रमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख एवं प्रहरी नायब निरीक्षक सुरेश गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077