Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नौ वर्षदेखि फरार अभियुक्त पक्राउ

अर्घाखाँची । अर्घाखाँची प्रहरीले ९ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

 

अनुमति विना नै रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवाना फैसला भए पनि फरार रहेका शितगंगा नगरपालिका-११ सिद्धाराका बखानसिंह आले पक्राउ परेका हुन् ।

 

पक्राउ परेका आलेसँग जरिवाना असुल समेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077