Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्यो, खुलामा मात्र ७ हजार बढी

काठमाडौँ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको जानकारी दिएको छ । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने छ ।

शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि  लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको हो ।

सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयोगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ ।

यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077