Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण सुडानस्थित सुनखानीमा विष्फोट: ३८ जना मजदुरको मृत्यु

१४ पुस (रासस÷सिन्ह्वा) ः दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ ।

'सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट भएको थियो ।

खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077