Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अस्पतालकै क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु

बाँके। अस्पतालकै क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालको क्वाटरमा निसासिएर कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, आमा कोकिला भट्टराई, तीन महिनाको छोरा इप्सन भट्टराई र धर्मप्रसादकी बहिनी कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर घटना भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077