Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चिलीमा ट्रक र मजदुर बोकेको भ्यान एकआपसमा ठोक्किँदा ९ जनाको मृत्यु, दुई घाइते

एजेन्सी । मध्य चिलीको ओ'हिगिन्स क्षेत्रको प्युमो शहरमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । साथै दुई जना गम्भीर घाइते भएका छन्।

ओ'हिगिन्स क्षेत्रका अधिकारी रिकार्डो गुजम्यानका अनुसार बुधबार ठूलो ट्रक र मजदुर बोकेको भ्यान ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थल नजिकैको रान्कागुवा अस्पतालमा सार्दा अर्का एक घाइतेको मृत्यु भएको बताइएको छ ।

'घटनास्थलमा पुग्दा करिब ११ जना घाइते थिए । हामीले घटनास्थलमा आठ जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको ,' प्युमो फायर ब्रिगेडका कप्तान लुइस मालडोनाडोले जानकारी दिएका छन् ।

चिलीको श्रम निर्देशनालयले घटनाको छानबिन गर्ने जानकारी दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077