Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी महाधिवेशनमा विवाद: नारायणकाजी र गिरिराजमणिले गरे बन्दसत्र बहिस्कार !

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रको चौंथो दिन विवाद भएको छ ।

महाधिवेशनमा सहभागी एक नेताका अनुसार आजको बैठकमा नेता गिरिराजमणि पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठेपछि विवाद उत्पन्न भएको हो ।

बुधबार कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता सत्यनारायण भगतले पूर्व शिक्षामन्त्री समेत रहेका गिरिराजमणि लगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो । सो विषयमा असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन्दसत्रमै अनुपस्थित रहेका थिए।

यस्तै, गिरिराजमणि समूहकै नेतृत्व गर्ने नारायणकाजी श्रेष्ठ समेत आजको बन्दसत्रमा ढिलागरी उपस्थित भएका थिए । उक्त कार्यक्रममा भगतले नारायणकाजी समेतको सहयोगमा गिरीराजमणि र उनी निकटकाले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप लगाएका थिए ।

बन्दसत्रमा दुई नेताद्वय पोखरेल र श्रेष्ठ उपस्थित नहुनुलाई उनीहरुले आजको कार्यक्रम नै बहिस्कार गरेको उनीनिकट नेताहरु बताउछन्।

महाधिवेशन गत पुष ११ गतेदेखि सुरु भएको थियो। अहिले बन्दसत्रमा टोली नेताहरुले प्रस्तुति दिइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077