Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले काम नलाग्ने भुत्ते फलामको डल्लो भैसक्यो : माधव नेपाल

    एमाले काम नलाग्ने भुत्ते फलामको डल्लो भैसक्यो : माधव नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अब पार्टीको रूपमा नरहेको दाबी गरेका  छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर अब पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरे ।



    बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपालले  एमाले पार्टीमा क्रान्तिकारी धार नै नै नरहेको उल्लेख गरे । उनले भने, एमालेको धार भुत्तै भयो । भएपनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तननै छैन। परिवर्तनको संकल्प नै छैन । निःश्वार्थ भावना छैन । केही गरौं भन्ने पवित्र सोच नै छैन।’ ने



    ता नेपालले एमालेमा क्रान्तिकारी भावना नभएको दावी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार