Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चुनावी तालमेलबारे देउवा, दाहाल र नेपालबीचको छलफल निष्कर्षविहिन

    चुनावी तालमेलबारे देउवा, दाहाल र नेपालबीचको छलफल निष्कर्षविहिन

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । आगामी बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्नेबारे सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।



    छलफलमाम दाहाल र नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे छिटो टुंगो गर्नुपर्ने बताएका थिए । तर, देउवाले भने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट के गर्ने भन्नेबारे निर्णय गराउने बताएपछि यसबारे थप कुरा हुन नसकेको कांग्रेसका एक नेताले अनलाइन नेपाललाई बताए ।



    शिर्ष नेताहरुबीचको भेटमा स्थानीय तहसम्म तालमेलका लागि संयन्त्र बनाउनेबारे छलफल भएपनि देउवाले पार्टीको कार्यसमितिबाट यसबारेमा निर्णय लिने भनेपछि थप कुराकानी अगाडि बढ्न नसकेको ती नेताले बताए ।

    स्थानीय तहको निर्वाचनको आचारसंहिता समय लागू नहुँदै विभिन्न सरकारी नियुक्ति र राजदूत नियुक्तिका विषयमा पनि शीर्ष नेताबीच छलफल भएको बताइएको छ ।

    माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग स्थानीय तह निर्वाचनमा गठबन्धन बनाउनेबारे कांग्रेसभित्र दुई धार छ । प्रधानमन्त्री तथा सभापति देउवा पक्ष गठबन्धनका पक्षमा लचिलो छ भने नेता शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

    कांग्रेसले चैत ११ गते कार्यसमितिको बैठक बोलाएको छ । उक्त बैठकबाट स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय लिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार