Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेसप्रति आशंका व्यक्त गर्दै प्रचण्डले नेपाललाई भने–हामी मात्रै मिलेर अगाडि बढौं

    कांग्रेसप्रति आशंका व्यक्त गर्दै प्रचण्डले नेपाललाई भने–हामी मात्रै मिलेर अगाडि बढौं

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता साझेदार दल नेपाली कांग्रेसँग चुनावी तालमेल हुनेप्रति आशंका व्यक्त गरेका छन् ।

    कांग्रेसभित्र नै चुनावी तालमेलबारे विवाद रहेको भन्दै उनले कांग्रेसलाई नपर्खी अगाडि बढ्न नेकपा एकीकृत समाजवादीसँग प्रस्ताव समेत गरेका छन् ।



    प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन सम्पर्क गरी कांग्रेसको निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गरेका हुन् ।



    आज साँखुमा आयोजित पार्टीको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेसले निर्णय नलिए पनि आपसमा मिलेर चुनावी तालमेलबारे तयारी गर्न प्रस्ताव गरेको खुलाएका हुन् ।

    उनले भने–‘प्रचण्डजीले टेलिफोन गरेर कांग्रेसले निर्णय लिन ढिलो गर्‍यो हामी छलफल गरौं भन्नुभएको छ । कांग्रेस नआएपनि चुनावी तालमेलको खाका बनाउन प्रचण्डीले भन्नुभएको छ ।’

    कांग्रेसभित्र विवाद रहेको अवस्थामा आफ्नो तर्फको तयारी रोक्न नहुने उनको भनाई थियो । प्रचण्डको टेलिफोन लगत्तै अध्यक्ष नेपालले पनि आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श शुरु गरिसकेको बताइएको छ ।

    यद्यपी नेपालले भने नेपाली कांग्रेसभित्र पनि चुनावी तालमेल गर्ने पक्षमा बहुमत रहेको दावी गरे । उनले भने–‘शेरबहादुरजी रामचन्द्रजीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्छ । आजैपनि प्रधानमन्त्रीसँग तालमेलबारे कुराकानी हुनसक्छ ।’ उनले प्रधानमन्त्री पूर्वबाट फर्कनासाथ स्थानीय निर्वाचनमा तालमेल गर्नेबारे बैठक बस्नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार