Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • देउवासँगको छलफलपछि नेपालले भने–एसपीपीको नयाँ दस्तावेज संसद अवरोध गर्नेहरुले नै ल्याए

    देउवासँगको छलफलपछि नेपालले भने–एसपीपीको नयाँ दस्तावेज संसद अवरोध गर्नेहरुले नै ल्याए

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 786
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन्।

    शनिबार विहान बालुवाटारमा सत्तारुढ दलका नेताहरुबीच छलफल भएको उनले बताए। प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणमा जाँदा राष्ट्रिय हितमा आँच आउने कुनै पनि किसिमको सम्झौता नगर्ने बताएको अध्यक्ष नेपालले प्रष्ट पारे।



    उनले भने–‘प्रधानमन्त्री शेरबहादुर देउवाले क्याटोगरिकल्ली जवाफ दिनुभयो। म अमेरिका भ्रमणमा गइहाले पनि नेपालको सुरक्षामा आबद्ध हुने कुनै दस्तावेजमा सही गर्दिनँ। कसैले भने पनि म मान्दिनँ। उहाँको जवाफमा हामी धेरै खुसी भयौं ।’



    एसपीपीले सबै अलमल बनाएको भन्दै उनले प्रधानमन्त्रीसँग स्पष्ट हुन खोजेको बताए।

    उनले एसपीपीबारे नेपाली सेनासँग पनि बुझेको र सेनाले पनि राष्ट्रिय हितलाई, भूराजनीतिक संवेदनशिलतालाई र छिमेकीलाई बेवास्ता गरेर कुनै दस्तावेजमा सही नगर्ने जवाफ दिएको बताए।

    मिडियामा सार्वजनिक भएका दस्तावेज संसद अवरोध गर्नेहरुले नै ल्याएको अध्यक्ष नेपालले बताए। उनले भने–‘यसैबीचमा अर्को एउटा कागज आयो। नेपाली सेनाले हस्ताक्षर गरेको कुरा आयो। कुन प्रधानमन्त्रीको पालमा भयो भन्ने कुरा पनि उठ्यो। संसदमा जसले आवाज उठाएका थिए, हंगामा गरेका थिए। त्यही पार्टी जोडिएर आएको छ। हामी अब अलमलमा परेका छौं । ती सबैले बिर्से या बिर्सिने औषधि खाए कि कुराहरु लुकाइयो।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार