Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • समाजवादी मोर्चाको संयोजकमा माधव नेपाललाई यथावत राख्ने निर्णय

    समाजवादी मोर्चाको संयोजकमा माधव नेपाललाई यथावत राख्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 378
    SHARES

    काठमाडौं । समाजवादी मोर्चाले संयोजकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई यथावत राख्ने निर्णय गरेको छ ।

    बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाललाई संयोजकमा यथावत राख्ने निर्णय गरेको हो।



    गत असार २३ मा नेपाल छ महिनाका लागि मोर्चाको संयोजक चुनिएका थिए ।



    नेकपा माओवादी‚ नेकपा एकीकृत समाजवादी‚ जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा बनाउँदा ६र६ महिना नेतृत्व गर्ने निर्णय गरेका थिए । तर बुधबारको बैठकले नेपाललाई नै संयोजक बनाएको हो।

    यस्तै ४७ जिल्लामा मोर्चा गठन भइसकेकाले बाँकी जिल्लामा पनि मोर्चा गठन गर्ने निर्णय भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार