Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माधव नेपालले भने – विद्रोहको औचित्य पुष्टि भयो, एमालेले पुनः संसदमा धावा बोल्यो

    माधव नेपालले भने – विद्रोहको औचित्य पुष्टि भयो, एमालेले पुनः संसदमा धावा बोल्यो

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 474
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले गरेको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन् ।

    पार्टी कार्यालय आलोकनगरमा पोलिटब्युरो बैठक समापन गर्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुनः संसदमा धावा बोल्ने काम गरेको भन्दै आफूहरूको विद्रोह पुष्टि भएको बताएका हुन् ।



    उनले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन समाप्त पारिसक्ने आरोप लगाए । त्यसबेला पार्टी विभाजन गरेर निर्वाह गरेको महत्वपूर्ण भूमिका आज स्थापित भएको उनको दाबी छ ।



    दुईदिनसम्म चलेको पोलिट्ब्युरो बैठकमा ४८ जनाले धारणा राखेका छन् । भोलिबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार