Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रम स्वीकृति बिना विदेश जाने महिलाले अब अध्यागमनमा स्व:घोषणा फारम भर्नुपर्ने

काठमाडौँ । श्रम स्वीकृती नलिई भिजिट र टुरिष्ट भिसामा खाडी वा अन्य मुलुक यात्रा गर्न  लागेका नेपाली महिलाले अब काम गर्ने उदेश्यले जान नलागेको बेहोरा खुल्ने गरी स्वःघोषणा फारम भर्नुपर्ने भएको छ ।

अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले निर्देशन जारी गर्दै कर्मचारीलाई व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बिहीबार कार्यालयका सबै कर्मचारीलाईजारी गरेको निर्देशन, '‘खाडी लगायत अन्य मुलुकमा नेपाली महिलाहरु श्रम स्वीकृति नलिई काम गर्ने उद्देश्यले जान लागेको आशंका लागेमा अध्यागमन ऐन, कानून र पछिल्ला मापदण्ड लागू गर्नुका साथै अतिरिक्त रजिष्टर खडा गरेर म भिजिटरटुरिष्ट भिसामा काम गर्ने उद्देश्यले जान लागेको होइन भन्ने स्वःघोषणा फारम समेत भर्न लगाउने, साथै नातेदारलाई भेट्न जाने उद्देश्यले जान लागेको भए उक्त फारममा नातेदारको राहदानी र नागरिकता समेत अनिवार्य रुपमा खुलाउने ।’

अध्यागमन कानून र मापदण्डमा भने कडाइका साथ लागू गर्न कार्यालयले आफ्नो कर्मचारीलाई डेस्कमा नरम, शिष्ट र सम्मानित रुपमा प्रस्तुत हुन निर्देशन जारी गर्दै छलफल र सोधपुछका क्रममा समेत यस्तै व्यवहार देखाउन निर्देशन दिएको छ ।

कर्मचारीलाई डेस्कमा  शिष्ट र सम्मानित रुपमा कार्य सम्हाल्न र छलफल र सोधपुछ गर्ने क्रममा  नि नरम व्यवहार देखाउन  निर्देशन दिएको छ । यात्रुको कागजातमा शंका गर्ने ठाउँ भएमा दोषी हुने पर्याप्त आधार  नभएसम्म यात्रुलाई  निर्दोष नै रहेको व्यवहार देखाउन कार्यालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077