Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सीईओ रेग्मीको धन्दा जाँड खाने र रमाइलो गर्ने मात्र रहेछ, नेपालकै बेइज्जत भयो: पर्यटनमन्त्री आले

    सीईओ रेग्मीको धन्दा जाँड खाने र रमाइलो गर्ने मात्र रहेछ, नेपालकै बेइज्जत भयो: पर्यटनमन्त्री आले

    'चारवटा गाडी बेचेर प्रेम आलेको इमान खरिद गर्ने कुरा नसोचे पनि हुन्छ'

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले हाल छानबिनमा रहेका पर्यटन बोर्डको सीईओ धनन्जय रेग्मीका कारण नेपालकै बेइज्जत भएको बताएका छन्।

    शुक्रबार नेपाल पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले हालै लण्डनमा सम्पन्न विश्व पर्यटन मेलामा सीईओ रेग्मीका कारण नेपालकै बेइज्जत भएको आरोप लगाए।



    कार्यक्रममा लण्डन गएकोबारे मन्त्री आलेले भने, ‘विश्व पर्यटन मेलामा १६ देशका मन्त्री थियौं, नेपालबाट मेरै नेतृत्वमा गएका थियौं, तर, सीईओको धन्दा चाहिँ जाँड खाने र रमाइलो गर्ने मात्र रहेछ, त्यो त मुलुकुक बेइज्जत भयो, म इरिटेड भएँ । यस्तो साँढेलाई सीईओ बनाएर नि संस्था चल्छ ?।’



    मन्त्री आलेले आफूले कहिल्लै जाँड नखाने तर, सीईओ रेग्मीले आफूलाई जाँड खान कर गरेको समेत बताए । उनले भने, ‘ हाम्रो साँढे (सीइओ)ले पनि भटाभट जाँड खाइरहेको रहेछ । आफ्नै आँखाले देखिरहेको छु । मलाई पनि खा भन्छ । पहिलाको मन्त्री जस्तो ठान्या होला प्रेम आलेलाई ।’

    कार्यक्रममा सीईओ रेग्मीको चरित्र उजागर गरेका मन्त्री आलेले आफू के कामको लागि कहाँ आएको र गएको समेत उनलाई ध्यान नहुने बताए । ‘के कामको लागि आएको भन्ने मतलबै छैन । यस्तो मान्छेलाई सीईओ बनाइएर चल्छ ? चारवटा गाडी टोयोटाको बेचेर प्रेम आलेको इमान खरिद गर्ने कुरा नसोचे पनि हुन्छ ।’

    मन्त्रालय अन्तर्गतका संस्थाहरूमा जताततै विकृति रहेको र त्यसलाई सम्हाल्नै गाह्रो परेको मन्त्री आलेको गुनासो छ । कार्यक्रममा उनले विगतमा जस्तो काले-काले मिलेर खाउँ भाले भन्ने तरिकाले अब काम नहुने भन्दै अब प्रेम आलेको स्टाइलमा काम हुने दाबी समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार