Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पर्यटन बोर्डका सिइओ रेग्मीको कमाउ धन्दा : आफन्तका नाममा कौडिको मूल्यमा डाँडाकाँडा खरिद, गाउँकै मन्दिरलाई एक करोड

    पर्यटन बोर्डका सिइओ रेग्मीको कमाउ धन्दा : आफन्तका नाममा कौडिको मूल्यमा डाँडाकाँडा खरिद, गाउँकै मन्दिरलाई एक करोड

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । पर्यटन प्रबद्र्धनका लागि स्थापना भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) धनन्जय रेग्मी आफ्नै ब्यक्तिगत हित प्रबर्द्धन गर्नमात्र तल्लीन छन् ।

    सीईओ रेग्मीले पर्यटनको संभावना अध्ययन गर्नुअघि त्यो ठाउँको जग्गा खरिद गर्ने र त्यसपछि मात्र डीपीआर गर्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेग्मी सीईओ नियुक्त भएपछि गरिएका पर्यटनको संभावना अध्ययन सम्बन्धी फाइल छानबिन गरेमा ती सबै ठाउँमा रेग्मीले जग्गा खरिद गरेको भेटिनेछ । रेग्मीले आफू र आफन्तका नाममा कौडीको मूल्यमा डाँडाकाँडा खरिद गर्ने र त्यसपछि मात्र डीपीआर गर्ने गर्दै आएका छन् ।



    संभाब्यता अध्ययन अगाडि रेग्मीले किनेको डाँडाकाँडामा लगानी गर्नेहरुमा नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक डिमप्रकाश पौडेल, कर फस्र्योट आयोगमा मनलागी करछुट दिएर अरबौं भ्रष्टाचार गरेका र हाल बिशेष अदालतमा मुद्दा खेपिरहेका चुडामणि शर्मादेखि अकूत सम्पत्ति आर्जन गरेका बहालवाला र केही पूर्वकर्मचारी रहेको स्रोत बताउँछ ।



    बोर्डका एक अधिकारीले भने–‘रेग्मी बोर्डमा आएपछि टुरिजमको सम्भाब्यता अध्ययन कति ठाउँमा भए ? कहाँ–कहाँ भए ? अख्तियारले छानबिन गर्ने हो भने सबै छर्लङ्ग हुनेछ ।’

    पे्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हँुदा उनलाई मनपरी गर्न रोकेका थिए । बोर्डको बजेट मनलागी खर्च गर्न थालेपछि आलेले रोकेका थिए । बोर्डका उपाध्यक्ष चन्द्र रिजालसहितका सदस्यहरुसमेत रेग्मीको कार्यशैलीबाट आजित छन् । कांग्रेस समर्थक भए पनि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईलाई करोड बुझाएर बोर्डको सीईओ भएका रेग्मीले त्यो असुली गर्नका लागि जग्गा खरिद गर्ने र त्यहाँ टुरिजमको संभाब्यता अध्ययन भन्दै डीपीआर बनाउँदै तेब्बर भन्दा बढी मूल्यमा बिक्री गर्दैआएको आरोप छ ।

    आले मन्त्री भएको समयमा तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेलाई खुसी पारी बोर्डको बजेट स्वीकृत गराउने काम रेग्मीले गरेका थिए । सचिव न्यौपानेकी छोरीलाई बोर्डको युएनडीपीको प्रोजेक्टमा लगाएर बोर्डको बजेट स्वीकृत गराउने काम उनले गरेका थिए ।

    त्यसैगरी, आफूलाई ब्यापारीका रुपमा चिनाउने रेग्मीले बोर्डबाट १ दिनको बैठक भत्ता १४ हजार रुपैयाँसम्म लिने गरेको बोर्डका अधिकारीले बताए । ती अधिकारीका अनुसार युएनडीपीको प्रोजेक्टबाट उनले एक दिनको भत्ता मात्रै १४ हजार बुझेका हु्न् । सीईओ रेग्मीले पैसा सकिनासाथ युनडीपीको मिटिङ राख्ने गरेको आरोप छ । उनले युएनडीपीकोे प्रोजेक्टबाट भत्ता मात्रै महिनाको साढे ३ लाख रुपैयाँ बुझेका छन् । नेपालको पर्यटन प्रबद्र्धनका लागि युएनडीपीले बोर्डलाई २० करोडको प्रोजेक्ट दिएको छ । तर सचिवका छोरीदेखि मन्त्रालयका उच्चअधिकारीका आफन्त भर्ति गर्ने र भत्तामै उक्त बजेट सक्ने काम रेग्मीले सक्न लागेको आरोप छ । पैसा सकिनासाथ मिटिङ राख्ने, भत्ता बुभ्mने र आफ्नो टीएडीए ५ दिनको आफैं स्वीकृति गर्ने गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।

    बोर्डको बजेट सीईओ रेग्मीले ‘आफ्नै हात जगन्नाथ’ जस्तो गरी मनलागी बाँड्ने गरेका छन् । रेग्मीले स्याङ्जामा रहेको आफ्नो गाउँमा मन्दिर बनाउनका लागि १ करोड रुपैयाँ दिएका छन् । हचुवाका भरमा उनले बोर्डको बजेट मन्दिर बनाउन दिएको बारेमा पनि अख्तियारले अनुसन्धान गर्नुपर्ने माग बोर्डका कर्मचारीले गरेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सुदन किराँती सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेपछि पर्यटन मन्त्रालय मातहतका निकायमा भ्रष्टाचार नियन्त्रण गर्ने अभियान नै चलाए । सोही अनुरुप उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई घुस मागेको अभियोगमा निलम्बन समेत गरे । ठाकुरलाई निलम्बन गरेर हाइहाइ कमाएका मन्त्री किराँतीले लुम्बिनी बिकास कोषका कार्यकारी संयोजक सरोज भट्टराइमाथि पनि अनियमितता गरेको भन्दै भित्रभित्रै छानविन गरिरहेका छन् ।

    तर, मन्त्रालय मातहतकै पर्यटन बोर्डमा भइरहेको घोटलाका विषयमा मन्त्री किराँती मौन रहँदै आएका छन् । पर्यटन बोर्डका सिइओ रेग्मी यसअघि पनि विभिन्न अनियमिततामा मुछिदै आइरहेका व्यक्ति हुन् । तरपनि रेग्मीमाथि छानविन गर्ने आँट मन्त्री किराँतीले गर्न सकेका छैनन् ।

    रेग्मीमाथि छानविन गरेर कारबाही गर्नुको साटो मन्त्री किराँतीले उनैलाई निरन्तरता दिइरहेपछि बोर्डका कर्मचारीहरुले नै यसबारे प्रश्न उठाउँदै आएका छन् । यस विषयमा सिइओ रेग्मीसँग प्रतिकृया लिनका लागि फोन गर्दा उनको मोबाइल उठेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार