Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महाधिवेशनमा दुखेका मनहरूलाई टाल्दै एकतावद्ध बनेर अघि बढौं: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले वर्तमान संविधानको सफल कार्यान्वयन नै लोकतन्त्रको विकास रहेको टिप्पणी गरेका छन्।

शुक्रबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै महामन्त्री थापाले संविधानका पक्षधर राजनीतिक शक्तिबीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता रहेको बताएका हुन् ।

विपि कोइरालाले त्यतिबेला अंगिकार गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै महामन्त्री थापाले सुदृढ र एकतावद्ध कांग्रेसले मात्र बीपीको आबश्यकता अनुरुपको जिम्मेवारी पुरा गर्न सक्ने बताए ।

'नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनका क्रममा दुखेका मनहरूलाई टाल्दै पार्टीभित्र एकतावद्ध रुपमा नयाँ उर्जाका साथ त्यो कार्यभार पुरा गर्नुपर्नेछ, आजको सन्दर्भमा त्यो जिम्मेवारी सफलता पूर्वक पुरा गर्न राष्ट्रिय मेलमिलाप दिवसले हामीलाई उत्प्रेरित गर्न सकोस्, शुभकामना ब्यक्त गर्दै थापाले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077