Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उडिरहेको जहाजमा कोभिड-१९ पुष्टि, एक शिक्षिकाले बिताइन् शौचालयमा पाँच घण्टा

    उडिरहेको जहाजमा कोभिड-१९ पुष्टि, एक शिक्षिकाले बिताइन् शौचालयमा पाँच घण्टा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । एक अमेरिकी शिक्षिकाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड-१९ भएको पुष्टि भएपछि विमानको शौचालयमा पाँच घण्टा एक्लिएर बसेको बताएकी छन्।

    डिसेम्बर २० का दिन शिकागोबाट आइसल्यान्डको रीकिभिक उडेकी मरिसा फोटियोले विमानभित्र घाँटी दुखेको बताइन्। उनका अनुसार उनले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग गरेर सङ्क्रमण भएको हो कि भनेर हेरेकी थिइन्।



    परीक्षणमा सङ्क्रमण देखिएपछि उनी स्वैच्छिक रूपमा उडान अवधिभरि विमानको शौचालयमै बसिन्। विमानका एक कर्मचारीले उनलाई त्यहीँ खानेकुरा र आवश्यक सामाग्री उपलब्ध गराएको उनको भनाइ छ।



    ‘यो अप्रत्याशित अनुभव थियो,’ मिशिगन निवासी फोटियोले एनबीसी न्यूजसँग भनेकी छन्। ‘विमानमा १५० यात्रु सवार थिए। मेरो सबैभन्दा ठूलो डर सङ्क्रमण उनीहरूलाई सर्छ कि भन्ने थियो।’

    आइसल्यान्डएअर विमानको शौचालयबाट उनले टिकटकमा सार्वजनिक गरेको भिडिओ ४० लाख पटकभन्दा बढी हेरिएको छ। उनले आफूलाई अप्ठेरो बेलामा सहयोग गर्ने विमान परिचारिकाको प्रशंसा गरेकी छन्।

    ‘उनले मलाई पाँच घण्टाको उडान अवधिभरि चाहिने खाना, पेयपदार्थ र आवश्यक सामाग्रीको बन्दोबस्त गरिन्। उनी बारम्बार मनजिकै आइन् र सबै ठिक हुन्छ भनेर आश्वस्त पारिन्।’

    फोटियोका अनुसार आइसल्यान्डमा अवतरण गरेपछि उनी रेडक्रसको होटलमा आइसोलेशनमा बसिरहेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार