Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग

काठमाडौँ। पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने भन्दै पुस २७ गते सार्वजनिक बिदा दिन माग गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको हो ।

राष्ट्रिय एकता परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीहरु लगायतका वक्ताले पुस २७ का दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताए ।

पार्टीको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले सो माग गरेको हो । पार्टीले सार्वजनिक विदाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

राप्रपाले देशभर पुस २७ मा पृथ्वी जयन्ती मनाउनेसमेत निर्णय गरेको छ। यस्तै बैठकले पार्टीमा नयाँ प्रवेश गरेकाहरुलाई जिम्मेवारी दिने लगायतका निर्णयहरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077