Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बलिउड नयाँ वर्षको सेलिव्रेशनः प्रियंका-सोनमको रोमान्टिक फोटोशुट, ‘सैफेना’को धमाकेदार पार्टी

काठमाडौँ । नयाँ वर्ष २०२२ सुरु भएको छ । जताततै नयाँ वर्षको शुभकामनाको घुइँचो लागेको छ । सामाजिक सञ्जालमा मानिसहरुले आफ्नो नयाँ वर्ष मनाउने तस्विरहरु शेयर गरिरहेका छन् । बलिउड सेलिब्रेटीहरुले पनि आफ्ना फ्यानहरुलाई नयाँ वर्षको शुभकामना दिइरहेका छन् । प्रियंका चोपडा र सोनम कपूरले आफ्ना साथीहरूसँग रोमान्टिक नयाँ वर्षको झलक देखाएका छन् । यस्तै करिना कपुरदेखि अनुष्का शर्मासम्म सबैले आफ्नो परिवारसँग नयाँ वर्षको स्वागत गरेका छन् । उनीहरुले तस्विरहरु शेयर गर्दै फ्यानहरुलाई नयाँ वर्षको शुभकामना दिएका छन् । निक जोनसले प्रियंका चोपडासँग नयाँ वर्षको आफ्नो रोमान्टिक क्षण शेयर गरेका छन् । प्रियंका निकको गालामा चुम्बन गरिरहेको देखिएकी छिन् । निकले तस्बिर सेयर गर्दै पत्नी प्रियंकाप्रतिको प्रेम व्यक्त गरेका छन् । उनी लेख्छन्- मेरो सदाका लागि नयाँ वर्ष चुम्बन ।
 
View this post on Instagram
 

A post shared by Nick Jonas (@nickjonas)

यस्तै, सोनम कपुरले पनि श्रीमान् आनन्द आहुजासँग नयाँ वर्ष मनाइन् । उनले चुम्बन गरिरहेको तस्बिर सेयर गर्नुका साथै फ्यानहरुलाई नयाँ वर्षको शुभकामना समेत दिएकी छिन् ।
यसैगरी, करीना कपुर र सैफ अली खानले सम्पूर्ण परिवारसँग नयाँ वर्षको स्वागत गरेका छन् । कुणाल खेमुले आफ्नो नयाँ वर्षको झलक इन्स्टाग्राममा एउटा पारिवारिक तस्बिर सेयर गरेर सेयर गरेका छन्, जसमा करीना, सैफ र सोहा अली खान पनि थिए।
 
View this post on Instagram
 

A post shared by Kunal Kemmu (@kunalkemmu)

यता अनुष्का शर्मा र विराट कोहलीले आफ्नो नयाँ वर्ष दक्षिण अफ्रिकामा मनाइरहेका छन् । नयाँ वर्ष मनाउने जोडीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।भिडियोमा होलका शेफ र कुक रमाइलो गर्दै नाचिरहेको भिडियो बनाउँदैछन् ।
 
View this post on Instagram
 

A post shared by Viral Bhayani (@viralbhayani)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077