Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • उत्तर कोरियामा आर्थिक संकट: अमेरिका र आणविक बमबाट पछि हट्ने किम जोङको संकेत

    उत्तर कोरियामा आर्थिक संकट: अमेरिका र आणविक बमबाट पछि हट्ने किम जोङको संकेत

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो शासनको १० वर्ष पूरा भएको अवसरमा शनिबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

    त्यहाँको सरकारी सञ्चारमाध्यमहरुका अनुसार सम्बोधनमा नेता किमले आणविक हतियार वा अमेरिकाभन्दा घरेलु विकास, कारखाना र विद्यालयको पोशाकको बारेमा बढी कुरा गरेका थिए ।



    यसअघि किम जोङले नयाँ वर्षको अवसरमा आफ्ना विगतका भाषणहरूमा दक्षिण कोरिया र अमेरिकासँगको महत्वपूर्ण कूटनीतिक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण नीतिगत घोषणा गर्दै आएका थिए ।



    तर, उत्तर कोरियाको मिडियाका अनुसार यसपटक किम जोङले अमेरिकाको नाम लिएनन् । यसपटकको किमको भाषण घरेलु समस्यामा केन्द्रित थियो ।

    यसरी घरेलु मामिलाहरूमा भाषणको फोकसले उत्तर कोरियाको आर्थिक समस्या झल्काउँछ। उत्तर कोरियाले महामारी रोक्नको लागि आफ्नो सिमानामा लगाएको तालाबन्दीले आफूलाई बाँकी विश्वबाट पूर्ण रूपमा अलग गरेको छ।

    ‘हामीले आगामी वर्ष जनतालाई पञ्चवर्षीय योजना कार्यान्वयनको ग्यारेन्टी दिनुपर्छ र राष्ट्रिय विकास र जनताको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउनु पर्छ,’ किम जोङले भने।

    आफ्नो भाषणको अधिकांश भागमा उनले ग्रामीण विकासको लागि आफ्नो महत्वाकांक्षी योजना, मानिसहरूलाई खानेकुराको आवश्यकता, विद्यालय पोशाक र ‘अ-समाजवादी अभ्यासहरू’लाई तोड्ने आवश्यकताको बारेमा कुरा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार