Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको महाधिवेशनका कारण संसद बैठक स्थगित

काठमाडौं ।  काठमाडौँको कमलादीमा जारी नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

संसद सचिवालयका अनुसार संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको हो।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाएका थिए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्ने तयारी गरिरहेको बताइएको छ।

संसद बैठक स्थगित भएसंगै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077