Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सौर्य एयरलायन्सको अवैध रकम प्रकरण: काठमाडौँ स्टेसनकी म्यानेजर रेशा पोखरेल पनि पक्राउ


काठमाडौँ । प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सौर्य एयरलायन्स काठमाडौँमा असिस्टेन्टका रुपमा कार्यरत रेशा शाक्य पोखरेल रहेकी छन्।

विमानस्थल प्रहरीका अनुसार शनिबार दिउँसो सौर्य एयरलायन्सको उडानमा काठमाडौं आएको ब्यागमा उक्त रकम भेटिएको हो । पक्राउ परेकी पोखरेल उक्त ब्याग संकलनका लागि विमानस्थलमा आएकी थिइन्।

पक्राउ परेकी पोखरेल र बरामद रुपैयाँलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

यस बिषयमा मोरङ प्रहरीले विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई समेत पक्राउ गरेर शनिबार साँझ नै अनुसन्धान थालेको बताएको छ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077