Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अनुसन्धानको इन्सपेक्टर हुँ भन्दै हिड्ने भण्डारी लागूऔषधसहित पक्राउ

कन्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ बस्ने वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा पुर्नवास नगरपालिका–१० दोदा पुल क्षेत्रजाँदै गरेका उनीहरुलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

उनीहरुको साथबाट प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्यावलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको डीएसपी शाहले बताए ।

डीएसपी शाहका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेको अनुसन्धानमा खुल्न आएको छ।

दुवैले लागुऔषध भारतको वसया बजारबाट खरिद गरेर ल्याएको प्रहरीसँगको बयानका क्रममा बताएका छन् । पक्राउ परेका दुवैमाथि प्रहरीले अनुसन्धानको कार्य जारी रहेको डीएसपी शाहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077