Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कैलालीमा ७ जना जुवाडे पक्राउ

कैलाली । कैलालीमा शनिबार राति सात जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय टेकराज खनालको घरमा जुवातास खेलीरहेको अवस्थामा उनीहरुलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा टेकराज खनालसहित कैलालीको गौरीगंगा नगरपालिका-१० का २६ वर्षीय भुमिराज चौधरी, सोही ठाउँका २५ वर्षीय अरबिन चौधरी र ३२ वर्षीय रमेश कठरिया रहेका छन् ।

यस्तै सोही ठाउँका २८ वर्षीय ज्ञानेन्द्र कठायत, कैलारी गाउँपालिका-८ का ३६ वर्षीय भिकराम चौधरी र सोही ठाउँका ३६ वर्षीय टेकबहादुर साउद रहेका छन् ।

उनीहरुको साथबाट ४२ हजार ६२५ नगद रुपैँया समेत बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077