Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी महाधिवेशन: प्रचण्डले कार्यकर्ताकै बीचमा बसेर खाना खाए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी कार्यकर्तासँगै बसेर खाजा खाएका छन् । कमलादीमा जारी पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताहरुसंगै बसेर खाजा खाएका हुन्।

महाधिवेशनबाट पार्टीलाई नयाँ विचार र नयाँ कार्यदिशाका साथ अघि बढाउने घोषणा गरेसँगै नेता–कार्यकर्ताहरुको आचार र व्यवहारलाई जनमुखी बनाउन विभिन्न निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमै यी विषयलाई प्रस्ट उल्लेख गरिएको छ । भने राजनीतिक प्रस्तावमाथिको छलफलमा सहभागीहरुले पनि सामाजिक जीवनलाई जनमुखी बनाउन जोड दिएका छन् । जारी महाधिवेशनकै क्रममा नेताहरुले व्यवहार र जीवनशैलीमा परिवर्तनका केही उदाहरण प्रस्तुत गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ लगायतले महाधिवेशनका क्रममा कार्यकर्ताहरुकै बीच रहेर खाना तथा खाजा खाएर परिवर्तनको सुरुवात आफैबाट गर्न थालेका हुन् ।

जनयुद्धका क्रममा जनताको घरदैलोमा पुगेर सामान्य हैसियतमै गाउँघरका परम्परागत खाना खाएर संघर्ष गरेका नेताहरु विलासी बन्दै गएको, सुविधाभोगी हुँदै गएको आरोप पछिल्लो समय व्याप्त थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077