Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजीमा बढुवा भएका श्रेष्ठ र ठाकुरलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले हालै बढुवा भएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच आईजीपी क्षेत्रीले चिकित्सकतर्फ प्राविधिक एसएसपीबाट पदोन्नति भएका प्राविधिक डीआईजीद्वय डा. सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपेश कुमार ठाकुरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

डीआईजीद्वय गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक एसएसपीबाट प्राविधिक डीआईजी पदमा पदोन्नति भएका थिए।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दैआईजीपी क्षेत्रीले बिरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवं देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै डीआईजी डा. सञ्जय बिक्रम श्रेष्ठले जिम्मेवारीलाई हृदयदेखि मनन गरी पेशागत कार्यक्षमताका साथ उत्कृष्ट ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077