Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा (एस) का पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश

काठमाडौं । पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश गरेका छन् ।

एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए ।

झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077