Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धनगढीबाट मन्त्रीका छोरा पक्राउ, यस्तो छ पक्राउ पर्नुको कारण

धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीले सवारी ज्यान मुद्दाका फरार एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी रहेका छन्।

कैलाली प्रहरीका अनुसार सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको हो।

गत पुस २ गते कैलालीको टीकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्। न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुष ११ गते मृत्यु भएको थियो ।

न्यौपानेको मृत्यु भएपछि बबी सोडारी सम्पर्कविहीन भएका थिए । उनलाई आवश्यक कारवाहीको लागि अदालत पेस गर्ने तयारी भइरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077