Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा ८ लाख ३८ हजार मतदाता थपिए

    नेपालमा ८ लाख ३८ हजार मतदाता थपिए

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर करिब साढे आठ लाख मतदाता थपिएका छन् । निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर सञ्चालन गरेको मतदाता नामावली दर्ता दोस्रो चरणको अभियान सञ्चालन गरेको थियो । सो अभियान सम्पन्न हुँदा ८ लाख ३८ हजार मतदाता नामावली दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली दर्ता कार्यक्रम जिल्लास्तरमा निरन्तर चल्ने प्रवक्ता पौडेलले बताए । यस्तै, जिल्ला स्तरमा भने चुनावको मिति तोकिँदासम्म मतदाता नामावली कार्य निरन्तर जारी रहने आयोगका प्रवक्ता पौडेलको भनाइ छ ।



    यसअघि ०७८ मङ्सिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो । आयोगले एक महिनासम्म गरिएको मतदाता नामावली सङ्कलन कार्यक्रम दुई चरण सञ्चालन गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार