Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मतदातालाई प्रभावित पार्न पैसा बाँड्न खोज्ने उम्मेदवारलाई लिखित माफी मगाइयो

    मतदातालाई प्रभावित पार्न पैसा बाँड्न खोज्ने उम्मेदवारलाई लिखित माफी मगाइयो

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । अर्घाखाँचीमा मतदातालाई प्रभावित गर्न पैसा बाँड्न खोज्ने उम्मेदवारलाई निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएर छोडिएको छ ।

    अर्घाखाँचीको मालारानी वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार दुर्गाप्रसाद खनाललाई माफी मगाइएको हो । खनालले आफ्नी श्रीमती शान्ता खनालमार्फत पैसा बाँडिरहेको अवस्थामा रंगेहात फेला पारेपछि लिखित माफी मगाइएको बताइएको छ ।



    शान्ताले स्थानीय विष्णु होटल एण्ड रेष्टुरेन्टका सञ्चालक विष्णु चुँदालीलाई रेष्टुरेन्टमा खाजा खान आउनेलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै पैसा बाँडेकी थिईन् ।



    खनदहमा खनाल फेन्सी स्टोर सञ्चालन गर्दै आएकी शान्ताले वडा अध्यक्षको उम्मेदवार बनेका आफ्ना पती दुर्गाप्रसादलाई जिताउन स्थानीय छिमेकीको सहयोगमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार