Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रियसभा सदस्य निर्वाचन : एमालेले परिवर्तन गर्‍यो २ जना उम्मेदवार

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका २ जना उम्मेदवार परिवर्तन गरेको छ ।

यसअघि सोमबार सार्वजनिक गरेका १९ उम्मेदवारमध्ये २ जना उम्मेदवार परिवर्तन गरेको हो ।

नेकपा एमाले केन्द्रीय कार्यालय सचिव भीष्मराज अधिकारीले प्रदेश नम्बर एक खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन भएको जानकारी दिए ।

प्रदेश नम्बर १ खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराल र गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीको साटो अर्जुन कुमार सुनामलाई उम्मेदवार बनाउने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077