Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा माघ १८ गतेदेखि सुदूरपश्चिम महोत्सव सञ्चालन हुने

कैलाली । धनगढीमा माघ १८ गतेदेखि सुदूरपश्चिम महोत्सव हुने भएको छ । २०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको सुदूरपश्चिम महोत्सवको १५औं संस्करण माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने भएको हो।

आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवबारे आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। महोत्सवमा व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

यहाँको कला संस्कृतिको संरक्षणसंगै विगतका दिनमा महोत्सवले उत्पादन गरेका कलाकारलाई पनि प्राथमिकता दिइने उनले बताए। उनका अनुसार सुदूरपश्चिमका परिकार सहितका महोत्सव स्थलमा खाना र खाजाको स्टल राखिने छ।

कृषि, जडिवुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी तीन सय बढी स्टल महोत्सवमा राखिने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गर्ने जनाएको छ भने चार लाखले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077