Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कञ्चनपुरमा लाखौं मूल्य बराबरका अवैध सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा अवैध रुपमा भन्सार छलेर ल्याइएका सामान बरामद गरिएको छ ।

आइतबार ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–५ आमखैया जंगलबाट अन्दाजी १ लाख ८ हजार मूल्य बराबरको कोट पाइन्टका कपडा बरामद गरेको छ।

यस्तै भीमदत्त नगरपालिका–४ बजारबाट अन्दाजी ८६ हजार ९ सय मूल्य बराबरको जुत्ता, चिनी, पशु आहारा बाथरुम हेकर,चुक्कुल र बाथरुम स्टिल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यसरी बरामद भएका कूल १ लाख ९४ हजार ९ सय मूल्य बराबरको सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली र गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077