Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुपन्देहीबाट ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले रुपन्देहीको देवदह नगरपालिका–२ ढेकारबाट ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–६ घर भएका ३७ वर्षीय वर्मानन्ध धरिकार र भारत घर भएका ३८ वर्षीय अर्जुन सहनी छन् ।

लु५५ प २२०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरुको साथबाट ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077