Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भक्तपुरको एक सहकारीबाट ९ लाख बढी चोरी

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित एक सहकारीबाट रकम चोरी भएको छ।

गणेश मन्दिर नजिक रहेको अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

अज्ञात समूहले गएराति ढोका फुटाएर रकम चोरी गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले जानकारी दिए।

चोरी गर्ने समूहले सहकारीको दराजमा राखेको नगद लगेका थिए । चोरीको घटनाबारे अनुसन्धान भइरहेको केसीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077