Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तराईका जिल्लामा हुस्सु/कुहिरो, बिहानको समय सतर्क रहन आग्रह

काठमाडौं । देशभर मौसम सामान्यतया सफा छ भने तराईका धेरैजसो स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान ६ बजे महाशाखाले २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरी बिहानको समय काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट ज्यान जोगाउन सुझाव दिएको छ।

‘बिहानको समयमा उपत्यकालगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, चेतावनीमा भनिएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न सतर्कता अपनाउन उक्त क्षेत्रका सबैमा महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077