Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दार्चुलामा १० दिन विद्यालय बन्द हुने

    दार्चुलामा १० दिन विद्यालय बन्द हुने

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    दार्चुला । दार्चुलाका विद्यालयमा १० दिन पठनपाठन बन्द हुने भएको छ।

    जिल्लाको महाकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म त्यहाँका विद्यालयको पठनपाठन बन्द हुने जनाएको हो।



    बढ्दो चिसोले विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्यमा समस्या निम्त्याउने हुँदा नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ।



    हाल नगरपालिकाभित्र ९ वटा संस्थागत र ४८ वटा सामुदायिक विद्यालय रहेका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार