Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो, न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियसमा झर्‍यो

    उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै चिसो, न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियसमा झर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 513
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ ।

    आज बिहान ८ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको हो । काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि बिस्तारै घट्ने क्रममा छ ।



    यसै क्रममा आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने देखिएको बताइएको छ ।



    हिजो शनिबार यहाँको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस, नेपालगन्जको ८.४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार