Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चिसो बढेपछि बदकोट नगरपालिकाका विद्यालय बन्द

    चिसो बढेपछि बदकोट नगरपालिकाका विद्यालय बन्द

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 783
    SHARES

    कञ्चनपुर । चिसो अत्यधिक बढेपछि कञ्चनपुरमा विद्यालय बन्द गरिएका छन् । यहाँको बदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरेको हो ।

    शिक्षा शाखा अधिकृत मञ्जु थापाले सुचना जारी गर्दै अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरूको बैठकबाट बिदा माग भएको र सोही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको बताएका छन् ।



    उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण विद्यार्थीहरूलाई विद्यालय आउन जान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदाको माग गरेको थियो ।



    यस्तै आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

    विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार