Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चिसो बढेपछि विद्यालय बन्द

    चिसो बढेपछि विद्यालय बन्द

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 468
    SHARES

    फाइल फोटो

    ढोरपाटन । चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका ६ विद्यालय बन्द गरिएका हुन् । एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।

    ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले पुस १५ गतेबाट बन्द गरिएका विद्यालय आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए । ती ६ विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत छन् ।



    उनले भने, “ढोरपाटन उपत्यका क्षेत्रका ६ वटा विद्यालय बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन् । एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ । पहिलेदेखि नै घुम्ती विद्यालय हो । यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ । यहाँका स्थानीय पनि हिउँद–बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन भएको छ ।”



    सिद्धबराह प्राथमिक विद्यालय छेन्तुङका शिक्षक प्रेमबहादुर विकले यो याममा ढोरपाटनमा पठनपाठन गर्न नसकिने हुँदा विद्यालय बन्द गर्नुपरेको जानकारी दिए ।

    यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरूलाई चिसोबाट बचाउन विद्यालय बन्द गर्नुको विकल्प नभएको उनले बताए । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनको भनाइ छ ।

    “यहाँ हिउँदमा पनि पढाइ सञ्चालन गर्न सरकारले कुनै विकल्प दिनुपर्छ, हिटर अथवा अन्य कुनै न्यानो प्रदान गर्ने सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ । धेरैजसो बालबालिका सामान्य परिवारका छन् । उनीहरूलाई न्यानो कपडा र जुत्ताको व्यवस्था गर्नुपर्छ”, उनले भने, “त्यो नभएसम्म हिउँदको दुई महिना पठनपाठनमा निकै समस्या हुन्छ । बर्खामा भने बिदा नगरी पढाउँछौँ ।” रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार