Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पढाइ रोकेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी

    पढाइ रोकेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 933
    SHARES

    सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाले कानुन विपरीत विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ ।

    शिक्षकहरू आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गर्ने सूचनाका सन्दर्भमा विज्ञप्ति निकाल्दै नगरपालिकाले कानुन विपरीत विद्यालयमा नियमित पठनपाठन नगरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।



    नगरपालिकाले निकालेको विज्ञप्तिमा आफ्ना माग कानुन बमोजिम सम्बन्धित निकायमा राख्न पाउने अधिकार भए पनि आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्न नहुने उल्लेख छ ।



    शिक्षा मन्त्रालयले बोलाएको वार्तामा समेत सहभागी नभई आन्दोलनका कार्यक्रम घोषणा गरेको पाइएको भन्दै विद्यालय बन्द नगरि नियमित पठनपाठन गराउन नगरपालिकाका प्रवक्ता दीपक खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार