Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विद्यालय बन्दको कार्यक्रम स्थगित, वार्ता र संवादबाटै माग पूरा गराउने सहमति

    विद्यालय बन्दको कार्यक्रम स्थगित, वार्ता र संवादबाटै माग पूरा गराउने सहमति

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । दुई सातादेखि आन्दोलित विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ ।

    आइतबारदेखि एक सातासम्म विद्यालय बन्दको घोषणा गरेको परिषद्ले सोमबार वार्ता र संवादबाटै माग पूरा गराउने भन्दै विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको हो ।



    सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षक महासंघ र परिषदबीच मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले समिति बनाएर वार्ता गर्ने भएपछि परिषद्ले आन्दोलन फिर्ता लिएको जनाएको छ ।



    उनीहरुले आन्दोलन फिर्ता लिएसँगै मंगलबारदेखि विद्यालय खुल्ने भएका छन् । परिषदले १८ गतेसम्म बन्द गर्ने घोषणालाई ऐक्यवद्धता जनाउँदै देशभरका करिब ९० प्रतिशत सामुदायिक विद्यालय सोमबार पनि बन्द भएका छन् ।

    विद्यालयका लेखापाल/कार्यालय सहयोगी सेवासुविधाका लागि विद्यालय बन्द गरेर आन्दोलित बनेपछि बालबालिका पठनपाठनबाट वञ्चित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार